बर्डफ्लुबाट प्रभावित ११ जिल्लाका किसानलाई ५२ करोड क्षतिपूर्ति वितरण गरिने

पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ ।