सरकारले अध्यादेश जारी गरेर रमिता देखायो : घनश्याम भुसाल

काठमाडौं– नेकपा संयुक्तले असफलताको बाटोमा नजानका लागि आफ्ना कमजोरीहरू सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  बुधबार काठमाडौंको माइतीघरमा पत्रकार सम्मेलन गर्दै नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पूर्ववर्ती सरकारजस्तै वर्तमान सरकार असफल नहोस् भन्ने नेपाली जनताको अपेक्षा गरेको भन्दै आफ्ना कमजोरीहरू सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। सरकार बनेको डेढ महिना पनि नबित्दै भएका […]