सेयर बजार सुधार्न २१ बुँदे कार्ययोजना: लाभकर घट्यो, घाटा समायोजन हुने

आर्थिक शिथिलता र भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाहरूमा पुगेको क्षतिका बीच सुस्ताएको पुँजी बजारलाई उकास्न अर्थ मन्त्रालयले २१ बुँदे महत्वाकांक्षी ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ।