उपचारका क्रममा बिरामीको मृत्यु हुने, लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले आन्दोलन गर्ने र अस्पताललाई क्षतिर्पूर्ति दिलाएर घटना मिलाउने परम्परा नेपालमा नौलो होइन। यस्ता घटना बिगतमा पनि हुने गरेका थिए। अहिले पनि देखिन्छन्। तर पछिल्लो समय अन्यायमा परेका उपभोक्तालाई न्याय दिलाउन भन्दै गठन भएको उपभोक्ता अदालतले नै विभिन्न अस्पताल तथा उपचारमा संलग्न चिकित्सकलाई करोडौं क्षतिपूर्ति […]