काठमाडौं। काठमाडौं क्षेत्र नं-१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका प्रवल थापा पार्टी संगठनभित्रको लामो यात्राबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका युवा नेताका रूपमा चिनिन्छन्। राष्ट्रिय स्तरमा नयाँ अनुहार भए पनि स्थानीय राजनीतिमा भने उनी अपरिचित होइनन्। यही क्षेत्रमा जन्मे–हुर्केका, यहीँ व्यवसाय र सामाजिक जीवन बिताएका थापा आफूलाई ‘माटोसँग जोडिएको प्रतिनिधि’ को रूपमा प्रस्तुत गर्छन्। […]