राई‚ महतो र चौधरीको पार्टीले एउटै चिह्नबाट चुनाव लड्ने

काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी‚ राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले आगामी चुनाव एउटै चिह्नबाट लड्ने सहमति गरेका छन्। जसपा अध्यक्ष राई, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतो र नाउपा नेपालका संरक्षक चौधरीले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन आइतबार सहमतिपत्रमा हस्ताक्षर गरेका […]