काठमाडौं- २०६४ सालपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुटेको नेत्रविक्रम चन्द विप्लवको समूहले मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । नेपाल कम्युनिष्ट पार्टी नामबाट संसद बाहिर पार्टी चलाइरहेका विप्लवले निर्वाचन आयोगमा दलदर्ताको नाम दिँदा कम्युनिष्ट पार्टी, नेपाल प्रस्ताव गरेका छन् । दल दर्ता गराएपछि यसका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जेन–जीसँग सहकार्य गरेर […]