फाल्गुनन्दको मार्गनिर्देशनले समाजलाई एकताबद्ध बनाएको छ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दले देखाएको मार्गनिर्देशनले नेपाली समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्। किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक कुरीति र रूढीवादी परम्पराको अन्त्य गरी समाजलाई सही बाटोमा डोर्‍याउन फाल्गुनन्दले खेलेको भूमिका स्मरणीय रहेको उल्लेख गरेका हुन् । उनले फाल्गुनन्दको […]