नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट भएको जनधन र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको खोज, उद्धार, राहत र सुरक्षित स्थानान्तरणलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ। नाडाले बुधबार विज्ञप्ति जारी गर्दै बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूलीलगायत क्षेत्रमा जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको जनाएको छ। […]