आजको मौसमः कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, कर्णालीमा पनि जोखिम

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा शनिबार कोशी र बागमती प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएको छ। रातिको समयमा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ। कोशी, मधेस र बागमती प्रदेशलगायत देशका हिमाली […]