न्यूयोर्क र न्यू जर्सीमा आप्रवासीमाथि अमेरिकी प्रशासनको गुप्त अपरेसन,मुख्यतः ल्याटिन अमेरिकी समुदाय निशानामा

हालैका महिनाहरूमा न्यूयोर्क र न्यू जर्सीका सडकहरूबाट सयौँ आप्रवासीहरूलाई एक गुप्त अभियान अन्तर्गत पक्राउ गरिएको छ । ‘सिटी रिपोर्टर’ ले १,२०० भन्दा बढी कानुनी मुद्दाहरूको समीक्षा गरी गरेको अनुसन्धानले यो खुलासा गरेको हो । अनुसन्धानका अनुसार यस अभियानले समानुपातिक रूपमा ल्याटिन अमेरिकी देशका मानिसहरूलाई बढी निशाना बनाएको छ । सडकबाट समातिएर अदालतमा मुद्दा हाल्नेहरूमध्ये ९३% […]