पर्वत– पर्वतको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता छिन् । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित आफ्नो मामाघरबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन् । मालढुङ्गा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौर जान गाडीमा चढेको पाइए पनि हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । […]