काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। ओलीको सचिवालयका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरूले ओलीको पित्तथैलीको स्टोनको सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । उनको उपचारमा संलग्न चिकित्सकहरूले यसअघि नै शल्यक्रियाको मिति तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीको सफलतापूर्वक शल्यक्रिया भएको हो । ओलीको पित्तथैलीमा २२ एमएमको […]