काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउने विषयमा सरकारसँग जवाफ मागेको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार जवाफ माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेका हुन् । बुधबार पठाइएको पत्रमा कांग्रेसले संविधान संशोधनअघि व्यापक छलफल र सहमति आवश्यक रहेको उल्लेख गर्दै सरकारको पहलको स्वागत गरेको छ। यसका साथै २०७२ […]