स्वर्णिम वाग्लेको चुनाव खर्च २६ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् स्वर्णिम वाग्लेको चुनाव खर्च २६ लाख ९० हजार भएको छ। वाग्लेले निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनले चुनावको लागि २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका हुन्।