म्याग्दी। अन्नपूर्ण गाउँपालिका–६ घारको देउरालीमा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै दृष्यावलोकन केन्द्र निर्माण गरेका छन् । भुवानी युवा परिवारले दुई वर्षअघि दिवङ्गत भएका संस्थापक सदस्य स्व कृष्णप्रसाद बरुवालको स्मृतिमा दृष्यावलोकनस्थल निर्माण गरेका हुन् । श्रमदान बाहेक करिब रु दुई लाख सहयोग जुटाएर देउरालीडाँडा पुग्ने पदमार्ग, रेलिङ, विश्रामस्थल निर्माण र सूचनापाटी स्थापना गरेको परिवारका अगुवा श्यामप्रसाद खड्काले […]