अमेरिकी सैन्य कारबाहीमा राष्ट्रपति निकोलस मदुरो पक्राउ परेपछि भेनेजुएलाको ‘प्रेसिडेन्सियल अनर गार्ड’ का कमाण्डर जनरल जाभिएर मार्कानो ताबातालाई पदबाट हटाइएको छ। अमेरिकी सेनाले राजधानी काराकासमा छापा मारी मदुरोलाई पक्राउ गरेर न्युयोर्क पुर्याएको केही दिनपछि नै ताबातामाथि यो कारबाही भएको हो। ‘प्रेसिडेन्सियल अनर गार्ड’ राष्ट्रप्रमुखको सुरक्षाका लागि खटिने विशेष सैन्य इकाइ हो। जनरल ताबातालाई पदमुक्त गर्ने […]