काभ्रेपलाञ्चोक। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)मा ‘आइटी मिट–२०२५’को आयोजना गरिएको छ। विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आयोजित उक्त कार्यक्रममा प्रविधिमा नवीनतम्, सहकार्य र सीप विकास गर्ने गतिविधि सञ्चालन गरिने जनाइएको छ। आइटी–मिटमार्फत विद्यार्थीको प्राविधिक क्षमता, नेतृत्व र सृजनशीलता प्रदर्शन गर्ने उत्कृष्ट ‘प्लेटफर्म’ प्रदान गर्दै आएको क्लबले जनाएको छ। मिटअन्तर्गत यस सातामा अन्य विविध कार्यक्रम सञ्चालन गरिए पनि मिटको […]