ठमेलको क्यासिनोमा २०० भारतीय‚ जितेको रकम हुन्डीबाट बाहिरियो

काठमाडौँ। ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा ११ डिसेम्बरदेखि १४ सम्म तीन दिन भारतीयहरूको भिड लाग्यो। ती भारतीयलाई क्यासिनोमा व्यावसायिक रूपमै जुवा खेलाउन महाकाया ग्रुप भारत सक्रिय थियो। प्रहरीका अनुसार जुवाको व्यावसायिक कार्यक्रम लिएर महाकाया ग्रुपका सुरेश महाजन नेपाल आएका थिए। नेपालमा उक्त कार्यक्रमको संयोजन नेपालस्थित बीपी ग्रुपका विनोद भन्ने जनार्दन उप्रेतीलाई जिम्मा दिइएको थियो। […]