कीर्तीपुर जलन अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

सम्झौता बमोजिम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी आर्थिक वर्षदेखि जलन उपचार सेवा सञ्चालन गर्ने तयारी गरेको छ। कीर्तिपुर अस्पताल फेक्ट नेपालद्वारा सञ्चालित अस्पताल हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्साल र  फेक्ट नेपालका कार्यकारी अध्यक्ष डा भरत कुमार प्रधानले उक्त सहमति गरेका हुन्।