राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको क्षेत्रका बासिन्दालाई हटाउने इजरायलको धम्कीलाई ‘अत्यन्त आपत्तिजनक’ भन्दै कडा आलोचना गरेको छ । राष्ट्रसङ्घको मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले मंगलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाले चङ्गा उडाएको आधारमा उनीहरूलाई क्षेत्रबाट हटाउने धम्की अस्वीकार्य भएको बताइन् । “बालबालिकाले चङ्गा उडाएको कारण धपाउने धम्की अत्यन्त आपत्तिजनक कुरा […]