काठमाडौं– प्रतिनिधिसभाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । सभामुख डोलप्रसाद अर्यालले सभाको आजको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस गरेकामा बहुमतले स्वीकृत भएको थियो । यसअघि साउन २६ गतेको बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि उक्त प्रस्तावसम्बन्धी कार्यसूची अघि बढ्न सकेको थिएन ।