नयाँ कांग्रेस, नयाँ संकल्प नारासहित भोलिदेखि कांग्रेसको १५औँ महाधिवेशन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलि (१८ असोज) मा काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा उद्घाटन हुँदै छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ ।