अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनेसोटा राज्यमा रहेका सोमाली आप्रवासीहरूका लागि दिइँदै आएको अस्थायी संरक्षित स्थिति (टीपीएस) कार्यक्रम समाप्त गरेको घोषणा गरेका छन्। उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत सो निर्णय तत्काल लागू हुने बताएका हुन्। ट्रम्पले सोमाली ग्याङहरूले मिनेसोटाका नागरिकलाई आतंकित गरिरहेको दाबी गर्दै मिनेसोटाका गभर्नर टिम वाल्जमाथि मिनेसोटालाई ठगीमार्फत हुने अवैध धन सञ्चारको केन्द्र बनाएको […]