रूपन्देहीका उद्योगहरूले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिर्न थालेका छन्। भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार धरौटी रकम तिरेका हुन्। धरौटी रकम तिरेसंगै यी चार उद्योगमा विच्छेद गरिएको बिजुलीको लाइन जोडिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जनाए। यी […]