२८ वर्षपछि मासु जाँच ऐन लागू, पूर्वाधार भने शून्यप्राय:

–उपत्यकाका २१ स्थानीय तहबाट ऐन कार्यान्वयन, जथाभावी पशु वध र मासु बिक्रीमा रोक–वधशाला, मासु निरीक्षक र व्यवस्थित ढुवानीको अभावले कार्यान्वयनमै चुनौती–पूर्वाधारबिनाको हतारोले उपभोक्ताको स्वास्थ्य जोखिममा पर्न सक्ने विज्ञको चेतावनी काठमाडौँ । मासुको स्वच्छता र उपभोक्ताको स्वास्थ्य सुनिश्चित गर्न सरकारले २८ वर्षदेखि कार्यान्वयन हुन नसकेको पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ मंगलवारदेखि लागू गरेको छ । […]