बागमती प्रदेशको राजधानी हेटौँडामा मुख्य सडक विस्तार अभियान आजदेखि कार्यान्वयन चरणमा पुगेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले विहानैदेखि जेसिबी प्रयोग गरी सडक सीमाभित्र रहेका स्थायी र अस्थायी संरचना भत्काउन सुरू गरेको जानकारी दिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्ती रोड क्षेत्रबाट संरचना हटाउने कार्य तीव्रगतिमा सुरु गरिएको सडक डिभिजन कार्यालयका प्रमुख गुरूप्रसाद अधिकारीले बताए। कार्यालयले […]