आइतबार देशभरको मौसममा आंशिकदेखि सामान्य बादलको प्रभाव देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी प्रदेशसहित हिमाली भू–भागमा सामान्यतया बादल रहनेछ भने मधेश प्रदेश र अन्य पहाडी क्षेत्रमा आंशिक बादल रहने अनुमान गरिएको छ। तराईका अधिकांश भू–भागमा भने मुख्यतया सफा मौसम रहने सम्भावना रहेको छ। कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र […]