बिरामीमैत्री सेवाका लागि वीर अस्पतालले के-के सुधारका काम गरिरहेको छ?

वीर अस्पतालमा हाल सरसफाइमा जोड, टिकट काउन्टरलाई बढाएर पुरानो र नयाँ भवनका गरी १३ वटा पुर्‍याइएको, बैंकमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि क्यूआर प्रणालीको विकास तथा बैंक काउन्टर थप, अनलाइन प्रणालीबाटै ल्याब रिपोर्ट पाउन सक्ने व्यवस्था, स्वचालित रिपोर्ट मुद्रण प्रणाली, अनलाइन टिकटको व्यवस्था, बिरामी तथा आफन्तलाई अस्पतालमा आइसकेपछि बस्नका लागि कुर्सी थप गरिएको र फार्मेसी सेवालाई थप व्यवस्थित बनाउनका लागि जनशक्ति थप गरिएको उपकुलपति प्रा.डा. बस्नेत बताउँछन्।