सन् २०२५ मा अमेरिकाबाट देश निकाला भएका नेपालीहरू मध्ये सबैभन्दा बढी माओवादी सशस्त्र युद्धबाट प्रभावित जिल्लाहरूका भएको पाइएको छ । हालै सार्वजनिक भएको राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखनविरुद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८२ अनुसार अमेरिकाबाट देश निकाला भएकाहरूमा सबैभन्दा धेरै दाङ, रुकुम पश्चिम र रुकुम पूर्वका रहेको पाइएको हो । रुकुम माओवादी युद्धको आधार इलाका थियो भने […]