बुक बिल्डिङ प्रणालीमार्फत प्रारम्भिक सेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउने तयारीस्वरूप पाँच वटा कम्पनीले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सँग औपचारिक सम्झौता गरेका छन्। बुक बिल्डिङसम्बन्धी प्रावधानअनुसार योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरमा शिलबन्दी बोलपत्रमार्फत मूल्य निर्धारण गरी निष्कासन प्रक्रिया सञ्चालन गर्न नेप्सेसँग प्रणालीगत सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार सम्बन्धित कम्पनीहरूले सम्झौता सम्पन्न गरेका […]