आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित लड्केश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा लाग्ने मेला धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा परिचित छ । करिब ३५० वर्ष पुरानो इतिहास बोकेको मानिने यस मेलामा काभ्रेपलाञ्चोकसहित आसपासका विभिन्न जिल्लाबाट भक्तजन दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन् । गुफाभित्र अवस्थित लड्केश्वर महादेवको दर्शन गर्न आउने भक्तजनको उपस्थितिले मेलास्थलमा […]