चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै धनगढीमा अनशनरत डा. गोविन्द केसीले सरकारसँग सातबुँदे सहमति भएपछि अनशन तोडेका छन् । बिहीबारदेखि अनशनमा बसेका डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो । सरकारी टोलीसँग सहमति भएपछि उनले अस्पतालमा बिरामी कुरुवा रहेका गौमुल गाउँपालिका–२ का चक्रबहादुर धामीको हातबाट जुस पिएर अनशन अन्त्य गरेका हुन् […]