सार्वजनिक खरिदसम्बन्धी ई–जीपी (e-GP) प्रणाली ह्याक गरी ठेक्का विवरणमा हेरफेर गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा सिरहाको लहान नगरपालिका–१ स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यविनायक–३ बसोबास गर्दै आएका ३० वर्षीय स्वदेश पोखरेल र नुवाकोट ककनी गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौँ […]