निजी विद्यालयहरूमा मनोमानी शुल्क

निजी विद्यालयहरूले कसरी विद्यार्थी भर्ना गरे र कति रकम लिए भन्ने विषयमा कुनै लेखाजोखा छैन। शिक्षा नियमावलीअनुसार भर्ना शुल्क लिन पाइँदैन। वार्षिक शुल्क पनि शिक्षा नियमावलीले दुई महिनाको मासिक शुल्क बराबर मात्र लिन पाइने व्यवस्था गरेको छ।