काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले थापाले बुधबार दिएको राजीनामा स्वीकार नगर्ने निष्कर्ष निकालेको हो। उक्त राजीनामा उपसभापति विश्वप्रकाश शर्मामार्फत् पेश गरिएको थियो। बैठकले राजीनामा अस्वीकार गर्ने क्रममा विभिन्न कारणहरू प्रस्तुत गरेको छ। कांग्रेसका अनुसार निर्वाचनमा आएको पराजय व्यक्तिगत […]