निलम्बित सहसचिव झलकरामसँग विशेषले माग्यो २५ लाख धरौटी

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोप लागेका सहसचिव झलकराम अधिकारीसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले अधिकारीलाई उक्त रकम धरौटी बुझाएर रिहा हुन आदेश दिएको हो। अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार तथा […]