इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति

एजेन्सी- इजरायलले रमजान महिनामा पूर्वी जेरुसेलमस्थित अल-अक्सा मस्जिदमा साप्ताहिक शुक्रबारको नमाजका लागि १० हजार प्यालेस्टिनी उपासकलाई प्रवेश अनुमति दिने घोषणा गरेको छ। इजरायली अधिकारीहरूले मस्जिद परिसरमा प्रवेशका लागि उमेरसम्बन्धी सीमा तोकेका छन्। ५५ वर्ष वा सोभन्दा बढी उमेरका पुरुष, ५० वर्ष वा सोभन्दा बढी उमेरका महिला तथा १२ वर्षसम्मका बालबालिकालाई मात्र प्रवेश दिइने जनाइएको छ। […]