इरान युद्धको आलोचनात्मक समाचार लेख्ने मिडियाको लाइसेन्स खोस्ने अमेरिकाको चेतावनी

इरानविरुद्धको युद्धसम्बन्धी आलोचनात्मक समाचार प्रकाशन र प्रसारण गरेको भन्दै अमेरिकी सञ्चारमाध्यमहरूलाई प्रसारण इजाजतपत्र खोस्न सकिने चेतावनी दिएपछि प्रेस स्वतन्त्रतामाथि दबाब बढेको भन्दै तीव्र आलोचना भएको छ। अमेरिकाको फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी)का अध्यक्ष ब्रेन्डन कारले सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई “सार्वजनिक हितअनुसार काम गर्नुपर्ने” चेतावनी दिएका हुन्। उनले समाचारमा “भ्रामक सूचना” वा “नक्कली समाचार” फैलाइएको भन्दै त्यसलाई सच्याउन […]