गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु गरिएको छ । मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको हो । उनले सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार […]