काठमाडौँ। म्याग्दीको धवलागिरि गाउँपालिका ४‚ केराबारीमा भएको जिप दुर्घटनामा ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार नाउराबाट बेनीका लागि छुटेको ग.१च ७२२२ नम्बरको जिप बिहीबार दुर्घटना भएको हो। प्रहरीले ३७ वर्षीय जिप चालक नन्दबहादुर सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। थप विवरण आउन बाँकी छ।