सरकारले निर्वाचनको वातावरण बनाउन नसकेकाे कांग्रेस नेताकाे आराेप

काठमाडाैं। नेपाली कांग्रेसका नेताहरुले सरकार निर्वाचनका लागि तयार नरहेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनीहरुले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरेका हुन् । कांग्रेसले सरकारले वातावरण बनाए निर्वाचनमा जाने निर्णय गरिसके पनि अहिलेसम्ममको स्थितिमा निर्वाचनको वातावरण बन्न नसकेको उनीहरुकाे दावी छ। कांग्रेस उपसभापति धनराज गुरुङले सरकारले निर्वाचनमय वातावरण […]