नेपालका लागि फिनल्याण्डका राजदूतले गरे मध्यपश्चिम विश्वविद्यालयको भ्रमण

सुर्खेत। नेपालका लागि फिनल्याण्डका राजदूत पेटी पुहक्काले शुक्रबार मध्यपश्चिम विश्वविद्यालयको स्थलगत भ्रमण गरेका छन्। उनले आफू नेपाल आएदेखि विश्वविद्यालयहरुमध्ये सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा पहिलो भ्रमण गरेका हुन्। भ्रमणका क्रममा उनले विश्वविद्यालयका पदाधिकारीसँग छलफल पनि गरेका छन्। राजदूत पेटीले आगामी दिनमा विश्वविद्यालय र दूतावासबीच सहकार्यका लागि आफू उत्साहित रहेको बताए। ‘हामीले शिक्षाको क्षेत्रमा धेरै प्रगति गर्नुपर्नेछ, […]