एनपीएल सर्वाधिक रनमा युवराज, लोकेश, कुशललाई पछ्याउँदै राशिद : कसको ब्याट कति चल्यो ?

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरण समाप्त हुँदा सर्वाधिक रन बनाउने ब्याटरको शीर्ष तीन स्थानमा लिग चरणबाटै बाहिरिएका टोलीका खेलाडीको वर्चस्व रहेको छ । लिग चरणको समाप्तिसम्म पोखरा एभेन्जर्सका क्यानेडियन ब्याटर युवराज साम्रा, विराटनगर किङ्सका लोकेश बम र पोखराकै कुशल भुर्तेल शीर्ष तीन स्थानमा छन् । चार खेल खेलेका साम्रा ७३.५० […]