कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विद्यमान कारागार ऐनलाई समयसापेक्ष बनाउन सरकारले संशोधनको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रवार संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले कारागार सुधार र कैदी बन्दीका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताएका हुन् ।  गृहमन्त्री गुरुङले वि.सं. २०१९ को कारागार ऐनलाई २०७९ […]