म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर पुन र वडा नम्बर १ दोवाका ४१ वर्षीय ललित पुन आइतबार करिब १२ घण्टा पहिरोको बीच भागमा फसे । चार दिनदेखिको लगातारको झरिपछि आइतबार बिहानैदेखि प्रेमबहादुरको घर वरपर निरन्तर पहिरो खसेर घेरिएको थियो । दिउँसो ३ बजेपछि नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीहरुले उद्धार गरेर बेनी […]