क्युबामाथि सैन्य कारबाही नहुने ट्रम्पको स्पष्टोक्ति, व्यापारिक वार्ताका लागि क्युबा तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्युबाबीच छिटै एक सम्झौता हुने र यसका लागि सैन्य कारबाही आवश्यक नपर्ने बताएका छन्। शनिबार ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, “मलाई लाग्छ क्युबा र अमेरिकाबीच सहमति बन्नेछ। हामीलाई सेनाको प्रयोग गर्नुपर्ने अवस्था आउने छैन।” टेनेसी प्रस्थान गर्नुअघि उनले थपे, “हामी क्युबालाई सहयोग गर्न चाहन्छौँ र हाम्रा नागरिकका […]