एकै दिन ४ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल- छिमेकी मुलुकहरूमा कागजातविहीन विदेशी नागरिकमाथि कडाइ बढ्दै गएसँगै अफगान शरणार्थीहरूको स्वदेश फिर्ती तीव्र बनेको छ। आइतबार मात्रै चार हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएका छन्। सरकारी समाचार संस्था बख्तर न्युज एजेन्सीका अनुसार आइतबार ७९० अफगान परिवारका कुल ४ हजार १०० जना अफगानिस्तान फर्किएका हुन्। फर्किएका परिवारमध्ये ७७२ परिवारलाई सीमा नाकामै आवश्यक सहयोग उपलब्ध गराएर सम्बन्धित […]