काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कका सम्बन्धमा प्रकाशितरप्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आज एक विज्ञप्ति जारी गर्दै ‘१८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना व्यक्ति पार्टीको सदस्य रहेको’ भनी आएका समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ । […]