अमेरिकाको कन्सास राज्यस्थित एउटा शहरका पूर्व मेयरलाई अध्यागमन अधिकारीहरूले हिरासतमा लिएका छन्। मेक्सिकोमा जन्मिएका र अमेरिकाको वैध स्थायी बासिन्दा रहेका ५५ वर्षीय जो सेबालोसलाई बुधबार विचिटास्थित ‘आइस’ कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो। गत वर्ष उनले आफू अमेरिकी नागरिक नभए तापनि चुनावमा मतदान गरेको स्वीकार गरेका थिए, जसका कारण अहिले उनलाई देशनिकाला हुन सक्ने डर पैदा […]